हार्दिक आभार!

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले यही नोभेम्बर ५ तारिक आइतबार आयोजना गरेको दशैं-तिहार महोत्सव र सदस्य एप्रिसियसन कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न यहांहरुले आआफ्नो स्थानबाट पुर्याउनु भएको योगदानका लागि न्याक हार्दिक आभार ब्यक्त गर्दछ । यहांहरुलाई अवगतै छ, हामी एक वर्ष भित्रमै तपाई-हाम्रो सामुदायिक भवन र मन्दिर निर्माणको ड्रिम प्रोजेक्ट सम्पन्न गर्ने योजनाका साथ अगाडि बढिरहेका छौं र यस महान अभियानमा यहांहरु सवैको सहभागिता र सहयोगको लागि अपील पनि गर्दछौं ।

कार्यक्रम सम्पन्न गर्न दिनरात नभनी खट्नुहुने भोलुन्टियरहरु, सांस्कृतिक कार्यक्रमको तयारी गर्नुहुने कलाकार र रिहल्सरको प्रबन्ध गर्नुहुने साथीहरु, देउसी भैली समूहहरु, सेल रोटी बनाउनु हुने दिदीबहिनीहरु, अन्य खानपीनको ब्यबस्थापनको शपिंग टीम, किचेनमा कटिंग-पकाइबनाई र सर्भिस गर्नुहुने साथीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सवै स्पोन्सर टीम, मिडिया टीम, डेकोरेसन टीम, मायाको चिनो छपाई र वितरण टीम, साउण्ड सिष्टम टीम, कार्यक्रम संचालन टीम, न्याक सल्लाहकारहरु, पदाधिकारी र कार्यसमिति सदस्यहरु, प्याट्रोन, प्लेटिनम, बेनेफ्याक्टर, ट्रष्टी र आजीवन सदस्यहरु सवैको योगदानको न्याक उच्च मूल्यांकन गर्दछ । यो कार्यक्रम अबधी भर २८ जना नयाँ सदस्य र ६ जना सदस्यको अपग्रेड सहित लगभग एक लाख एकतिस हजार डलर ($131,000) रकम जम्मा भएको पनि जानकारी गराउन चाहन्छौ ।
सो कार्यक्रममा न्याकका सदस्य महानुभावहरुको सम्मानको लागि मायांको चिनो वितरण गरिएको थियो । समय अभावले गर्दा हामीले सवै सदस्य महानुभावहरुलाई सो चिनो प्रदान गरिसक्न पाएनौं । मायांको चिनो नपाउनु भएका सदस्य महानुभावहरुलाई हामी मायाको चिनो यहांहरुको घरघरमै पुर्याउने वा अरु कार्यक्रमहरुमा पनि वितरण गर्दै जाने ब्यबस्था गर्नेछौं । यदि मायांको चिनोमा कतै छपाई गल्ती भएको छ वा ड्यामेज भएको छ भने तलको लिंक मार्फत जानकारी गराइदिनु होला ।

https://forms.gle/Q6bKyRKG6XStUbSF8 

देउसी भैली कार्यक्रममा सदस्यता अपग्रेड गरेर एवं नयां सदस्य बनेर मन्दिर-भवन प्रोजेक्टलाई सहयोग पुर्याउनु हुने महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दै अन्य सदस्य महानुभावहरुले पनि सदस्यता अपग्रेड गरेर हाम्रो भनव निर्माण योजनालाई सहयोग पुर्याउनु हुने पूर्ण आशा र विश्वास लिएका छौं ।

अन्त्यमा, आसन्न दीपावली, मः पूजा, नेपाल सम्मत, छठ पर्व, उंदौली उंभौली लगायतका चाडपर्वहरुको पुनः हार्दिक मंगलमय शुभकामना! 

भवदीय,
डा लेखनाथ अधिकारी 
महासचिब
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC)